१२ करोड ८ लाखको लागतमा निर्मित कावासोती नगरपालिकाको प्रशासकीय भवनको उदघाटन

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २९ गते १७:५१
१२ करोड ८ लाखको लागतमा निर्मित कावासोती नगरपालिकाको प्रशासकीय भवनको उदघाटन

कावासोती । कावासोती नगरपालिकाको नव निर्मित प्रशासकीय भवनको उदघाटन गरिएको छ ।

कुल रु. १२ करोड ८ लाख ६६ हजार १९३को लागतमा भवन निर्माण गरिएको भवन नगर प्रमुख चन्द्राकुमारी पुनले शुक्रबार उदघाटन गरेकी हुन ।

नवनिर्मित भवनको उदघाटन सँगै सेवाग्राहीले नगरपालिकाले प्रदान गर्ने सबै सेवाहरु अब देखि एउटै भवनबाट पाउने भएका हुन ।

नवनिर्मित भवनको उदघाटन समारोहमा बोल्दै नगरप्रमुख पुनले नयाँ भवनको निर्माणले सेवा प्रवाहा गर्न सहजता भएको बताईन । सबैको साथ सहयोग र सुझाव अनुसार नागरिक मैत्री सेवा प्रदान गर्नेकाममा आफुसहित सबै नगरपालिका परिवार लागिपर्ने नगरप्रमुख पुनको भनाई थियो ।

नवनिर्मित भवन उदघाटन समारोहमा नेकपा एमालेका नगर कमिटि अध्यक्ष विष्णु प्रसाद ढुङ्गाना, नेपाली कांगे्रसका नगर सभापती मुकुन्द भट्टराई, माओवादी केन्द्रीका नगर इन्चार्ज रमिला भुजेल, राप्रपाको जिल्ला सचिव गुणखर काफ्ले , जसपाका नगर अध्यक्ष बालकृष्ण भुषाल , पत्रकार महासंघ नवलपुर अध्यक्ष विरेन्द्र पराजुली, नवलपुर उद्योग वाणीज्य सघंका सदस्य राजेन्द्र पाण्डेले शुभकामना दिदैं नगरपालिकाले प्रदान गर्ने सेवालाई अझै सहज र सरल बनाउन सुझाव दिएका थिए ।

त्यस्तै भवन समुदघाटन समारोहमा नगर उपप्रमुख प्रेमशंकर मर्दनिया र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले नयाँ भवन निर्माण भए सँगै सेवा प्रवाहा थप गुणस्तरीय, सेवाग्राही मैत्री बनाउन सहयोग पुग्ने बताएका छ्न ।

 

 

प्रकाशित : २०७८ साउन २९ गते १७:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI