इन्सपेक्टर वाग्लेकोको मृत्यु प्रकरणमा गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २९ गते २०:११
इन्सपेक्टर वाग्लेकोको मृत्यु प्रकरणमा गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटका इन्सपेक्टर कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनाको गृह मन्त्रालयले छानबिन थालेको छ । सहसचिव सुनील खनालको नेतृत्वमा मन्त्रालयले छानबिन समिति नै गठन गरेको छ ।

गत २५ साउनमा कार्यालय अगाडि सडकमा मोटरसाइकलको ठक्करबाट इन्सपेक्टर वाग्लेको मृत्यु भएको थियो । जुन घटना शंकास्पद भएको भन्दै कांग्रेस सांसद देवेन्द्रराज कँडेलले प्रश्न उठाएपछि छानबिन समिति बनेको हो । समितिमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ तथा नेपाल प्रहरीका एसएसपी सुदीप गिरी सदस्य छन् ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले इन्सपेक्टर वाग्लेलाई निलम्बन गरेको भोलिपल्टै उनको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । मोबाइल तस्करीको घटनाको अनुसन्धानमा गृहले उनलाई निलम्बन गरेको थियो । सो मोबाइल तस्करीमा डिआइजीको मिलेमतो रहेको भनेर नेता कँडेलले संसदमै आरोप लगाएका थिए ।

प्रकाशित : २०७८ साउन २९ गते २०:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI