राष्ट्रिय जनगणना–२०७८ यसै वर्ष सम्पन्न गर्ने तयारी

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३० गते ९:३१
राष्ट्रिय जनगणना–२०७८ यसै वर्ष सम्पन्न गर्ने तयारी

काठमाडौँ । सरकारले २०७८ सालभित्रै राष्ट्रिय जनगणना सम्पन्न गर्ने गरी आन्तरिक तयारी थालेको छ । यसअघि गत जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि जनगणनाको सबै काम स्थगित गरेको थियो ।

अहिले पनि कोरोना सङ्क्रमण दर बढ्दै गएकाले यस वर्ष फागुनदेखि चैतभित्र जनगणनाको काम सम्पन्न गर्न सकिने अनौपचारिक छलफल भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले आगामी चैतसम्ममा सबै नेपालीले खोप लगाइसक्ने र सोही समयभित्र जनगणनाका काम पनि सम्पन्न गर्ने गरी अहिले अनौपचारिक छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गणकहरूले घर घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्नुपर्ने भएकाले कोरोनाको वृद्धि दरमा कमी नआएसम्म जनगणनाको काम सम्पन्न गर्न कठिन हुन्छ । ” याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रकाशित : २०७८ साउन ३० गते ९:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI