एनआरएनए महाधिवेशनः उत्साही मुडमा महासचिव उम्मेदवार डा. पौडेल

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३० गते १३:२१
एनआरएनए महाधिवेशनः उत्साही मुडमा महासचिव उम्मेदवार डा. पौडेल

काठमाडौं: एनआरएनए राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न देशहरुमा एनसीसी चुनाव भैरहँदा महासचिव उम्मेदवार डा. केशव पौडेल यसपाली बढी आशावादी देखिएका छन् ।

टिम कुलबाट महासचिव उम्मेदवार हाल अमेरिकामा कार्यरत तनहुँका चिकित्सक डा. पौडेल हालसम्म आफ्नो समूह निकट ४८ बढी मूलुकको एनसीसी चुनाव नतिजा आएकाले बढी आशावादी देखिएका छन् । टिमलाई जिताउन अग्रपंत्तिमा सक्रिय डा. पौडेल व्यक्तिगत रुपमा पनि आफूपक्षीय उम्मेदवारका पक्षमा बढी सक्रिय छन् ।

हालसम्मको नतिजाले अत्यधिक बढी मूलुकबाट समर्थन हासिल गरेकाले पनि डा. पौडेललाई यसपाली एनआरएनए केन्द्रीय नेतृत्व पुग्ने आशावादीता बढेको हो । ‘जताततै साथीहरुबाट सकारात्मक साथ र समर्थन मिलिरहेको छ,’ उनले भने,‘उहाँहरुको जितका लागि पनि हामी सकेको खटिएकै छौं ।’

हाल अमेरिकामा चिकित्सकीय प्रतिष्ठित भूमिकामा रहेका डा. पौडेलसँग यस अघि अमेरिका एनसीसीको नेतृत्व लिएको अनुभव छ । सामाजिक क्षेत्रमा खुलेर लागिरहेका डा. पौडेल एनआरएनएमार्फत गैरआवासीय नेपालीका मुद्दा अगाडि बढाउन प्रखर रुपमा सक्रिय भएका कारण पनि उनको नेतृत्व दौडमा विभिन्न मूलुकबाट साथ र समर्थन मिलिरहेको चुनावी अभियानमा सक्रियहरु बताउँछन् ।

युरोप, अमेरिकाका अलावा मध्यपूर्व र अन्य बढी मतदाता भएका क्षेत्रमा समेत नियमित संवाद र अन्र्तक्रियामा रहेका डा. पौडेल सबैतिरबाट सकारात्मक साथ मिलिरहेकाले यसपाली नेतृत्वमा आउनेमा आशावादी छन् ।

प्रकाशित : २०७८ साउन ३० गते १३:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI