No ads found for this position

भाइरल ज्वरोका बिरामी बढे, सावधानी अपनाउन सुझाव

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३० गते १३:२२
No ads found for this position
भाइरल ज्वरोका बिरामी बढे, सावधानी अपनाउन सुझाव
No ads found for this position

काठमाण्डौ ।

केही दिनयता भाइरल ज्वरोका बिरामी बढ्न थालेकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । उपचारका लागि अस्पताल जानेमध्ये जाने २० देखि ३० प्रतिशतमा भाइरल ज्वरोको लक्ष्यण देखिएकोले सावधानी अपनाउन सङ्क्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सुझाव दिनुभएको हो ।

उहाँका अनुसार हरेक वर्ष साउन, भदौ महिनामा भाइरल ज्वरोका बिरामी बढ्ने गरेका भए पनि गएको दुई वर्ष फाट्टफुट्ट रुपमा बाहेक भाइरल ज्वरोका बिरामी देखिएका थिएनन् । तर यो वर्ष देशका विभिन्न अस्पतालहरुका साथै काठमाण्डौका अस्पतालहरुमासमेत भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।

निषेधाज्ञा खुकुलो भएको र मानिसहरुले जनस्वास्थ्यको मापदण्डको पूर्ण रुपमा पालना नगरेकाले भाइरल ज्वरोका बिरामी बढेका हुन सक्ने उहाँको भनाइ छ । भाइरल ज्वरो र कोरोनाको लक्ष्यण मिल्दो जुल्दो हुने भएकाले आफूलाई समस्या हुने बित्तिक्कै सकेसम्म छुट्टै बस्न र परीक्षण गरेर आवश्यक भएमा उपचार गर्न डा. पुनको सल्लाह छ ।

एउटै लक्ष्यण हुने भएकाले कतिपयले कोरोना भइसक्दा पनि भाइरल ज्वरो मात्रै होला भनेर परीक्षण नगर्दा त्यसले जटिलता ल्याउन सक्ने उहाँको भनाइ छ । श्वास फेर्न गाह्रो भएमा, अक्सिजन कम भएमा, उच्च ज्वरो आएमा र लगातार वान्ता भइरहेको छ भने तुरुन्तै अस्पताल जानुपर्छ ।

सामान्य मात्र ज्वरो आएमा, सामान्य घाँटी दुखेमा भने घरमै आराम गर्न सकिन्छ । कोरोनाबाट र अरु खालका सङ्क्रामक रोगबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गर्न उहाँले आग्रह गर्नुभएको छ ।

प्रकाशित : २०७८ साउन ३० गते १३:२२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI