No ads found for this position

जिल्लामै पहिलो पटक कुमारवर्ती बहुमुखी क्याम्पसले कानुन विषय पढाउदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३० गते १८:४८
No ads found for this position
जिल्लामै पहिलो पटक कुमारवर्ती बहुमुखी क्याम्पसले कानुन विषय पढाउदै
No ads found for this position

कावासोती । नवलपरासीको जेठो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसमा यस वर्ष देखि कानुन विषयको पढाइ हुने भएको छ ।

यसै शैक्षिकसत्र देखि क्याम्पसले कक्षा ११ मा कानुन विषयको कक्षा सन्चालन गर्न लागेको शनिबार क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

कानुन विषय प्रती पछिल्लो समय विद्यार्थीहरुमा आकर्षण बढदै गएको अवस्थालाई मध्यनजर राखदै जिल्लामा पहिलो पटक आफुहरुले कानुन विषयको कक्षा सन्चालन गर्न लागेको क्याम्पस प्रमुख गुरुप्रसाद सुवेदीले बताए ।

पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख सुवेदीले स्नातक तहमा थप नयाँ विषयहरुको अध्यापन सुरु गरिने जानकारी दिए । आगामी शैक्षिकसत्र देखि B.HW को कक्षा सन्चालन गरिने तथा निकट भविष्यमा नै सिभिल ईन्जिनियरिङको पढाइ सुरु गर्ने तयारीमा रहेको प्रमुख सुवेदीले बताए ।

प्रकाशित : २०७८ साउन ३० गते १८:४८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI