No ads found for this position

भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाउँदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३१ गते ८:४४
No ads found for this position
भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाउँदै
No ads found for this position

एजेन्सी । भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाउँदैछ । भारतभर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

भारत सन् १९४७ को अगष्ट १५ मा बेलायत साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको हो ।

स्वतन्त्रता र मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् । भारतको लालकिल्लामा विशेष समारोह गर्ने गरिन्छ ।

यसअघि हिजो पाकिस्तानले ७५औं स्वतन्त्रता दिवस मनाएको छ । त्यसअवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरी १४ अगस्ट अर्थात भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन विभीषिका स्मृति दिवसको रुपमा मनाउने निर्णय गरेको बताउनुभएको छ ।

नेपालस्थित भारतीय दूतावासले पनि आज विभिन्न कार्यक्रम गरेर दिवस मनाउने जनाएको छ ।

प्रकाशित : २०७८ साउन ३१ गते ८:४४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI