हैटीमा गएको भूकम्पमा परि कम्तीमा तीन सय जनाको ज्यान गयो, १८ सय भन्दा धेरै घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३१ गते ९:१०
हैटीमा गएको भूकम्पमा परि कम्तीमा तीन सय जनाको ज्यान गयो, १८ सय भन्दा धेरै घाइते

काठमाण्डाै – हैटीमा गएको भूकम्पमा परेर कम्तीमा तीन सय जनाको ज्यान गएको छ । ७ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परेर १८ सयभन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पुरिएकाहरुको उद्धार चलिरहेको छ । ज्यान गुमाउने र घाइतेहरुको सङ्ख्या बढ्न सक्ने अनुमान छ । राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पमा परेर हजाराैँ भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । प्रधानमन्त्री एरियल हेनरीले आपत्कालीन अवस्थाको घोषणा गर्नुभएको छ । उहाँले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग पनि अपिल गर्नुभएको छ ।

सन् २०१० मा हैटीमा गएको शक्तिशाली भूकम्पबाट हजारौँ मानिसको ज्यान जानुको साथै धेरै भौतिक संरचना नष्ट भएको थियो ।-एजेन्सी

प्रकाशित : २०७८ साउन ३१ गते ९:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI