कांग्रेसले ६ महिना थप्यो नेविसंघ, तरुण दलसहित ९ संस्थाको म्याद

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३१ गते १०:३९
कांग्रेसले ६ महिना थप्यो नेविसंघ, तरुण दलसहित ९ संस्थाको म्याद

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीका ९ भ्रातृसंस्थाको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नेपाल विद्यार्थी संघ र तरुण दलसहितका ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा म्याद समाप्त भएका नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको म्याद पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय भएको उल्लेख छ ।

नेविसंघको तदर्थ समिति छ । तरुण दलको पोखरा महाधिवेशनबाट ४ पदाधिकारी सहमतिमा छानिए पनि अन्य पदाधिकारी र सदस्य बन्न सकेका छैनन् ।

प्रकाशित : २०७८ साउन ३१ गते १०:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI