अफगानी राष्ट्रपतिले छाडे देश

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३१ गते २०:२५
अफगानी राष्ट्रपतिले छाडे देश

काठमाडौैं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् ।

अफगानिस्तानमा तालिबानी लडाकुहरुले राजधानी काबुललाई घेरा हालेका छन् । तालिबानी लडाकुहरुले आइतबार अफगानिस्तानको राजधानी काबुललाई घेरा हालेका हुन् । तर, उनीहरुले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि छलफल भइरहँदा काबुलमा कुनै किसिमको आक्रमण नगर्ने प्रतिबद्धता जनाएका छन् ।

तालिबानले आफ्ना लडाकुहरुलाई कुनै किसिमका हिंसात्मक गतिविधिहरु नगर्न र यदि कसैले काबुल छाडेर जान चाहेको भए उनीहरुलाई सुरक्षित रुपमा जान दिन निर्देशन दिइएको बताएको छ । पछिल्लो १० दिनमा अफगानिस्तानका धेरै शहरमाथि विद्रोही संगठन तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७८ साउन ३१ गते २०:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI