नवलपुरमा थप ७८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३२ गते १९:०४
नवलपुरमा थप ७८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

कावासोती । नवलपुरमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा १४९ जनामा पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएका जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

सोमबार संक्रमण पुष्टि हुनेहरुमा गैडांकोटका १२, देवचुलीका ९, कावासोतीका ३२, मध्यविन्दुका १६, विनयीत्रिवेणीका १, हुप्सेकोटका १ र बुलिगंटारका ७ जना रहेका स्वास्थ्य कार्यालय नवलपुरले जनाएको हो ।

सोमबार थपिएका ७८ संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ८५ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले जिल्लामा १ जनाको मृत्यु भएको छ । कावासोती नगरपालीका वडा नं ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ सय ५८ पुगेको हो ।

प्रकाशित : २०७८ साउन ३२ गते १९:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI