राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य हुँदैन : अध्यक्ष ओली

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १ गते १७:०५
राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य नहुने स्पष्ट पारेका छन् । मंगलबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यादेश जारी नगर्न र जारी भए कार्यान्वयन गर्न नहुने स्पष्ट पारेका हुन् ।

ओलीले अहिलेको गठबन्धन नामको सरकार असंवैधानिक, गैरकानूनी, जनादेशविपरितको र अपराधीक उदेश्यका साथको सरकार भएको आरोप लगाए । ओलीले षडयन्त्रपूर्वक गलत मनशायका साथ अनैतिक प्रयोजकनका लागि संसदको अधिवेशन अन्त्य गरिएको भन्दै निन्दा गरे ।

संसद अधिवेशन रोकेर १२ घण्टा नवित्दै कालो र षडयन्त्रपूर्वक दल बिभाजको अध्यादेश सरकारले ल्याएको भन्दै उनले आक्रोश व्यक्त गरे । ओलीले तत्काल अध्यादेश फिर्ता लिन माग गरे ।

उनले आफ्नो पार्टी फुटाउन कांग्रेस लगाएतका दलहरु लागेको भन्र्दै अध्यादेश खारेज नभए वा एमाले फुटे महङ्गो पर्ने चेतावनी दिए । अहिलेको सरकारले प्रतिपक्षीमाथि दमन गर्न खोजेको भन्दै अव एमाले चूप लागेर नबस्ने उनले बताए ।

पार्टी एकताका लागि आफुले अधिकतम लचकता अपनाएपनि अर्को पक्षले एक पछि अर्को अडान लिएका कारण समस्या भएको उनले बताए । बैठकले आफ्नो पार्टी फुटाउने गरी नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चर्को विरोध गर्दै अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ ।

यस्तै बैठकले तीन दिनभित्र संसद बैठक बोलाउनसमेत माग गरेको छ । त्यस्तै बैठकले अफगानस्थानमा रहेका नेपालीहरुका सहज उद्धारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै भूतपूर्व गौर्खा सैनिकको समस्या समधान गर्न कुटनीटिक पहल गर्न पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको एमाले अध्यक्ष ओलीले बताए ।

प्रकाशित : २०७८ भदौ १ गते १७:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI