No ads found for this position

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा एमालेको पत्र दर्ता

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १ गते १७:२२
No ads found for this position
माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा एमालेको पत्र दर्ता
No ads found for this position

काठमाडौ । प्रमुख प्रतिपक्षी दल एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई पत्राचार गरेको छ ।

पार्टीको निर्देशन र अनुशासन उलंघन गरेको आरोप लगाउँदै  नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई सांसदबाट पदमुक्त गर्न एमालेले पत्र पठाएको हो ।

पत्र दर्ता भइसकेको संसद् सविचालयले जनाएको छ ।

प्रकाशित : २०७८ भदौ १ गते १७:२२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI