आज मुलुकको पश्चिमी क्षेत्रमा अत्याधिक वर्षा हुने, सचेत रहन विज्ञहरुको अनुरोध

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २ गते ९:०९
आज मुलुकको पश्चिमी क्षेत्रमा अत्याधिक वर्षा हुने, सचेत रहन विज्ञहरुको अनुरोध
काठमाडौं । सुदूरपश्चिम प्रदेश बाहेकका अन्य क्षेत्रमा अहिले पानी परिरहेको मौसमविद्ले बताएका छन् । काठमाडौं उपत्यकामा रातिदेखि नै पानी परिरहेको छ ।

उपत्यकासहित वागमती प्रदेश, गण्डकी, कर्णाली, लुम्बिनी, प्रदेश १ र प्रदेश २ का धेरै ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । सुदूरपश्चिममा अहिले वर्षा नभए पनि आज पानी पर्ने अनुमान छ ।

अहिले मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी क्षेत्र नजिक रहेकाले पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आज र भोलि दुई दिन नै पश्चिमी क्षेत्रमा धेरै वर्षा हुने मौसमविद् श्रेष्ठले बताउनुभयो । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली हुनेछ ।

केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद्ले पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरेका छन् ।

प्रकाशित : २०७८ भदौ २ गते ९:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI