वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २ गते १५:५१
वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

काठमाडौँ — एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमाले वाग्मती प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चुनिएकी छन् । एमाले संसदीय दलको बैठकले शाक्यलाई प्रदेश संसदीय दलको नेतामा चयन गरेसँगै शाक्य मुख्यमन्त्री बन्‍ने बाटो खुलेको छ ।

मुख्यमन्त्री डोरमणी पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई दलको नेता बनाइएको हो ।

हटौंडास्थित प्रदेश सभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रुपमा दलको नेतामा चयन गरेको एक सांसदले जानकारी दिए ।

वाग्मती प्रदेशमा एमालेको स्पष्ट बहुमत रहेको छ ।

प्रकाशित : २०७८ भदौ २ गते १५:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI