लागू औषध सहित २ जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २ गते १७:४८
लागू औषध सहित २ जना पक्राउ

कावासोती । नवलपुर प्रहरीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ

विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ होङसी जाने गेट अगाडी पूर्व-पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्व तर्फ आउदैँ गरेको लु १ ज ३९४८ नं. टयाक्सीमा सवार गुल्मी सर्सिनी वडा नं. ८ बस्ने बर्ष ३० को प्रेम बहादुर भुषाल र जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.वडा नं. १० बस्ने वर्ष २९ को सोम बहादुर भण्डारीलाई लागू औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना  अधिकारी प्र.नि.मधुसुदन सिंहले जानकारी दिए ।

पक्राउ परेकाहरुबाट प्रतिबन्धित लागु औषध डाईजेपाम ४९० एम्पुल, फेनारगन ४९९ एम्पुल र बुर्फिनुर्फिन ४८२ एम्पुल बरामद गरिएको र लागू औषध ओसारपसारमा प्रयोग गरिएको लु १ ज ३९४८ नं. को कार सहित बरामद गरी लागु औषध मुद्दामा अनुसन्धान भई रहेको सिंहले बताए ।

 

प्रकाशित : २०७८ भदौ २ गते १७:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI