No ads found for this position

गैंडाको खाग बिक्रीवितरण गर्ने घुमुवा प्रहरी सहित ३ जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ ७ गते १९:२६
No ads found for this position
गैंडाको खाग बिक्रीवितरण गर्ने घुमुवा प्रहरी सहित ३ जना पक्राउ
No ads found for this position

चितवन : गैंडा मारेर खाग बेचेको अभियोगमा चितवन राष्ट्रिय निकुञ्जले घुमुवा प्रहरी सहित ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

निकुञ्जले सोमबार  गैँडा तस्कर गरी खाग विक्रि वितरणमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । साथै दुई जनालाई कारगारवाट झिकाई अनुसन्धान थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । पाँचै जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालका अनुसार २०७६ साल भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भाले बयस्क गैँडाको तस्कर अभियोगमा तीन जना पक्राउ परेका हुन् । कारागारमै रहेका दुई जना नवलपरासी स्थित मर्दीघोल भन्ने ठाउँमा बन्दुकका प्रयोग गरी गैँडा तस्कर गरेका निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला वागमती गाउँपालिका ३ पाँचपाण्डव बस्ने ३५ वर्षीय मेख बहादुर नेपाली, जाजरकोट जिल्ला शिवालय गाउँपालिका २ डुङ्ग्रा बस्ने वीर वहादुर वस्नेत,चितवन जिल्ला खैरहनी नगरपालिका ६ रिजालटोल बस्ने आरोष उप्रेतीलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये वीर वहादुर घुमुवा प्रहरी र मेघवहादुर प्रहरीलाई सुराकी दिने व्यक्ति समेत रहेको अनुसन्धानबाट खुल्न आएको बरालले बताउनुभयो ।

साथै उक्त घटनामा संलग्न आरोपमा कारागारमै रहेका भरतपुर महानगरपालिका २८ का जितवहादुर कुमाल र ३३ वर्षीय तारा चेपाङलाई समेत कारागारबाट भिकाएर अनुसन्धान थालिएको थियो । गैँडा मारेर खाग धारीलो हतियारले काटेर विक्रि वितरण सहितको पुरै घटनाका अझै १० जना प्रतिवादीहरु फरार रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । पक्राउ परेका र नियन्त्रण लिएका पाँचै जनालाई जिल्ला अदालत नवलपुरमा बुझाइने बरालले बताउनुभयो ।

के थियो त घटना?

चितवन राष्ट्रिय निकुञ्ज अमलटारी सेक्टर कार्यालय अन्तर्गत बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा संयुक्त गस्ती टोलीले स्वीपीङ अपरेसन गरेको थियो । २०७६ भाद्र ३१ ग्ते दिउसो भाले वयष्क गैँडा खाग धारिलो हतियारले काटेको अवस्थामा हाडखोर मात्रै फेला पर्यो ।तत्काल अनुसन्धान अधिकारी तोकेर निकुञ्जले सुरु गरेको जाँचपडतालबाट घटनामा १५ जना संलग्न रहेको निष्कर्षमा पुग्यो ।

अनुसन्धानकै क्रममा जित बहादुर कुमालले गैँडा तस्कर मुद्दामै फारार रहेका रामकुमार प्रजा र बमवहादुर प्रजा समेतले २०७६ भदौमा बन्दुकले हानेर गैँडा तस्कर गरी खाग बन्चरोले काटेर प्रतिवादीहरुको घरमा ल्याएर पकाए । सोही खाग चितवनको कालिका ९ मा पर्ने पुलपारी काँसघारीमा प्रतिवादी वीरवहादुर बस्नेतलाई विक्रि गरेको र सोही खाग काठमाण्डौँमा लगेर फरार रहेका प्रतिवादीहरुलाई बेचेको खुलेको छ । त्यसपछि उक्त खाग मेखवहादुर नेपालीले लिएर ५५ लाखमा विक्रि गरे । वीर वहादुर वस्नेतलाई ५० लाख दिएको र वीरवहादुरले तस्करमा संलग्न त्यसतलका अन्य व्यक्तिहरुलाई समेत केही रकम उपलब्ध गराएका थिए ।

चितवनमा खाग खरिदविक्रिमा आरोष उप्रेती जो पहिला सीएमसीमा ल्याव टेक्सिियनको काम समेत गर्दथे उनले अन्य तस्करहरुलाई चितवनका विभिन्न ठाउँहरुमा घुमाउन सहयोग गरेका थिए ।घटनामा संलग्न रहेको आरोपमा अझै १० जना फरार रहेका छन् ।

पक्राउ परेकाहरु संलग्नको प्रमाणीत भएपछि राष्ट्रिय निकुञ्ज तथा वनयजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ (१) क तथा २६ (१) बमोजिमको कसूर अपराधमा सोही ऐनको दफा २६(१) बमोजिम सजाय हुनेछ ।

तस्करको जालो भत्काउन निकुञ्जका कर्मचारी,नेपाली सेनाको खड्गदल गण, जिल्ला प्रहरी कार्यालय चितवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय,राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग लगायत स्थानीय संरक्षणकर्मी, मध्यवर्ती क्षेत्रका स्थानीय जनता र जिल्ला स्थित संचारकर्मीहरुपति समेत निकुञ्जले आभार व्यक्त गरेको छ ।

प्रकाशित : २०७८ भदौ ७ गते १९:२६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI