फेरि बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर १३० रुपैयाँ

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ ७ गते २१:१०
फेरि बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर १३० रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएअनुसार राति १२ बजेपछि डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ ।

पेट्रोलियम पदार्थका मूल्य वृद्धि भएसँगै पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ ।

एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढेर १ हजार ४५० पुगेको छ ।

प्रकाशित : २०७८ भदौ ७ गते २१:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI