अमेरिकामाथि सेना फिर्तीको समयसीमा लम्ब्याउन दबाब

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ ८ गते ८:००
अमेरिकामाथि सेना फिर्तीको समयसीमा लम्ब्याउन दबाब

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले यही अगष्ट महिनाको अन्त्यपछि अफगानिस्तानमा सैनिक उपस्थिति कायम राख्ने या नराख्ने विषयमा २४ घण्टाभित्र निर्णय लिने बताएका छन् ।

साझेदार मुलुकहरूले अफगानिस्तानमा मानवीय उद्धारकार्य नसकिएकोले सेना फिर्तीको समयसीमा लम्ब्याउन अमेरिकामाथि दबाब दिइरहेका बेला यस विषयमा एक दिनभित्र निर्णय गर्ने राष्ट्रपति बाइडनले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकाले तोकिएको समयसीमाभित्रै उद्धारकार्य सम्पन्न हुने भन्दै अगष्ट ३१ सम्म सम्पूर्ण सेना फिर्ता गर्ने जनाउँदै आएको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफू अझै पनि उक्त समयसीमा परिवर्तनको पक्षमा नरहेको जनाएको छ ।

उता, तालिबान लडाकुहरू भने अर्को हप्ताभन्दा पछिसम्म अमेरिका बस्न खोजे सहमतिको उल्लंघन हुने र त्यसको परिणाम राम्रो नहुने चेतावनी दिइरहेका छन् ।

मंगलबार बस्ने जी–७ मुलुकको शीर्ष बैठकमा अमेरिकी सेना फिर्तीको विषय प्रमुख मुद्दा हुने बीबीसीले जनाएको छ ।

प्रकाशित : २०७८ भदौ ८ गते ८:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI