गैंडाकोटमा १ सय ११ सहित नवलपुरमा १ सय ३८ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ ९ गते १८:०८
गैंडाकोटमा १ सय ११ सहित नवलपुरमा १ सय ३८ जनामा कोरोना संक्रमण

कावासोती । पछिल्लो २४ घन्टामा गैंडाकोट नगरपालिकामा १ सय ११ जना सहित नवलपुरमा १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लाको गैंडाकोटमा १ सय ११, देवचुलीमा ९, कावासोतीमा ११, मध्यविन्दुमा ३, विनयी त्रिवेणीमा ३ र हुप्सेकोटमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएका १ सय ३८ जना सहित जिल्लामा सक्रिय संक्रमितको संख्या ३५८ पुगेको हो ।

प्रकाशित : २०७८ भदौ ९ गते १८:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI