No ads found for this position

चितवनमा निषेधाज्ञा खुकुलो : शुक्रबार देखि सबै सरकारी कार्यालय खुल्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ ९ गते १८:१८
No ads found for this position
चितवनमा निषेधाज्ञा खुकुलो : शुक्रबार देखि सबै सरकारी कार्यालय खुल्ने
No ads found for this position

चितवन :  चितवनमा शुक्रबारदेखि सबै सरकारी कार्यालय खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज (बुधबार) बसेको बैठकले सबै सरकारी कार्यालयहरुले स्थानीय तह वडा अनुसार आलोपालो प्रणालीमा सेवा दिन पाउने निर्णय गरेको हो ।

सबै सरकारी कार्यालय जनस्वास्थ्यको मापदण्ड पालना गर्दै भिडभाडको बिश्लेषण सातै स्थानीय तहलाई फरक फरक बार आलोपालो प्रणाली अनुसार खोल्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले जानकारी दिए ।

कुन दिन कुन स्थानीय तहका सेवाग्राहीलाई सेवा दिने भन्ने निर्णय भने सम्बन्धित कार्यालयले गर्ने उनले बताए । उनका अनुसार कार्यालयहरुले स्थानीय तह तथा वडा अनुसार आलोपालो प्रणाली अबलम्बन गर्दै भिडभाड नहुने प्रवन्ध मिलाउनु पर्नेछ ।

यस अघि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय जस्ता भिडभाड हुने कार्यालयबाट अत्यावश्यक तथा आन्तरिक कार्य बाहेक नियमित सेवा प्रवाह बन्द गरिएको थियो ।

आजको बैठकले जारी निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो । यस अघिको निषेधाज्ञाको अवधि बिहीबार राति १२ बजे सकिदैछ ।

प्रकाशित : २०७८ भदौ ९ गते १८:१८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI