नवलपुरमा निषेधाज्ञा भदौ ३१ सम्म थप

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १० गते १:०१
नवलपुरमा निषेधाज्ञा भदौ ३१ सम्म थप

कावासोती । नवलपुरमा जारी निषेधाज्ञाको समय बढाएर भदौ ३१ गते सम्म पुर्‍याईएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकको सिफारिसमा निषेधाज्ञाको समय थप गरेर भदौ ३१ गते सम्म पुर्‍याईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीद्वारा जारी निषेधाज्ञाको आदेशमा आदेशको अवज्ञा गर्ने गराउनेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ एव प्रचलित कानून बमोजिम कारवाही हुने जनाइएको छ ।

बुधबार जारी आदेश अनुसार सवै प्रकारका भेला,सम्मेलन,धार्मिक,सांस्कृतिक,सामाजिक गतिवधिहरु गर्न नपाइने,मेला महोत्सव, नित्यपुजा वाहेक मन्दिरहरुमा अन्य भीड नगर्न भनिएको छ ।

त्यस्तै कुनैपनि जुलुश वा प्रदर्शन कार्य गर्न गराउने नपाइने गरी आदेश जारी गरिएको छ । त्यस्तै भौतिक रुपमा भेला गराई सिकाई गतिविधि संचालन गर्न नपाइने उल्लेख गरिएको छ ।

बुधबार जारी आदेश अनुसार होटल, रेष्टुरेन्ट,खाजा घर तथा मिठाई पसल,सैलुन तथा ब्युटिपार्लरहरु स्वास्थ्य सुरक्षका मापदण्ड पालना गरी संचालन गर्न पाइने भएको छ भने त्यस्तै वाहेकका व्यवसायहरु साँझ ६ बजेदेखि अनिवार्य बन्द गर्न आग्रह गरिएको छ ।

 

प्रकाशित : २०७८ भदौ १० गते १:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI