काबुल विमानस्थलमा सुरक्षा खतरा, अमेरिका र बेलायतले दिए चेतावनी

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १० गते ८:३६
काबुल विमानस्थलमा सुरक्षा खतरा, अमेरिका र बेलायतले दिए चेतावनी

मेरिका र बेलायतले काबुल विमानस्थलबाट टाढा बस्न आफ्ना नागरिकलाई चेतावनी दिएका छन् । त्यसैगरी सुरक्षा चुनौतीका कारण त्यही नघुम्न पनि आग्रह गरिएको छ ।

बुधबार दुबै देशले एकपछि अर्को निर्देशिका जारी गरेका हुन् । जबकी, विमानस्थलमा हजारौं व्यक्तिहरु उद्धार उडानको प्रतिक्षामा बसिरहेका छन् र काबुलबाट अहिलेसम्म ८२ हजार जनालाई एयर लिफ्ट गरिएको छ ।

१० दिनअघि तालिवानले काबुल कब्जा गरेको थियो । ३१ अगस्टमा काबुलबाट आफ्नो सेना फर्काइ सक्नुपर्ने भएकाले धेरै देशहरुले आफ्ना नागरिक निकाल्न हतारो गरिरहेका छन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना नागरिक नफर्केसम्मका लागि अमेरिकी सेना काबुल विमानस्थलमा बस्ने दाबी गरेका थिए, तर यस घोषणामा तालिवानले आपत्ति जनाएको थियो ।

उसले ३ अगस्टको समयसीमा बढाउन नहुने भन्दै आपत्ति जनाएको थियो, तर अलपत्र परेका विदेशी र अफगानी नागरिकहरुलाई भने त्यसपछि पनि देश छाड्न दिइने वचन तालिवानले दिएको थियो ।

प्रकाशित : २०७८ भदौ १० गते ८:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI