देवचुलीको मुण्डे-किर्तिपुर सडकमा आधा दर्जन बढी ठाउँमा पहिरो, किर्तिपुरमा विद्युत पनि अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ ११ गते १३:५३
देवचुलीको मुण्डे-किर्तिपुर सडकमा आधा दर्जन बढी ठाउँमा पहिरो, किर्तिपुरमा विद्युत पनि अवरुद्ध

होमनाथ पौडेल/देवचुली । लगातार परेको अविरल वर्षाका कारण देवचुलीको मुन्डे-किर्तिपुर-बन्दिपुर सडक खण्ड अवरुद्ध भएको छ ।

वर्षा सँगै आएको बाढी पहिरोको कारणले बाटो ६ भन्दा धेरै स्थानमा भत्किएको देवचुली-६ का वडा अध्यक्ष मिनबहादुर सोति मगरले बताए ।

टेलिफोनमा कुराकानी गर्दै अध्यक्ष सोति मगरले वर्षा संगै आएको पहिरोले किर्तिपुर सडक भत्किए पछि गाउँ भित्रै आवतजावत गर्न पनि कठिन भएको बताए । उनका अनुसार पहिरोले बाटो भत्काए पछि बाटो सँगै रहेका बिजुलीका पोलहरु ढल्दा उक्त क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

बाटो र बिजुली अवरुद्ध भएपनी कुनै प्रकारको मानवीय क्षती नभएको अध्यक्ष मगरले बताए ।

प्रकाशित : २०७८ भदौ ११ गते १३:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI