हुप्सेकोट पहिरोमा परेर बेपत्ता भएका ३ जनाकै शव फेला

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १२ गते १६:०२
हुप्सेकोट पहिरोमा परेर बेपत्ता भएका ३ जनाकै शव फेला

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा परेर बेपत्ता तीन जनाको शव फेला परेको छ ।

हुप्सेकोट गाउँपालिका–४ का हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामीको तिनै जनाको भर्खरै शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधुसुदन सिंहले जानकारी दिए ।

बेपत्ता भएका तीन जनाको हिजोदेखि नै सुरक्षाकर्मीको टोलीले खोजी थालेको थियो । शुक्रबार दिन भरी खोज्दा फेला नपरे पछि शनिबार बिहानै बाट प्रहरीको सहयोगमा बेपत्ताहरुको खोजी सुरु गरिएको थियो ।

प्रकाशित : २०७८ भदौ १२ गते १६:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI