पुर्व पश्चिम राजमार्ग फेरि पनि अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १३ गते ९:४०
पुर्व पश्चिम राजमार्ग फेरि पनि अवरुद्ध

पूर्वी नवलपरासी — पूर्व पश्चिम राजमार्गको गैंडाकोटस्थित थुम्सी डाइभर्सनमा गाडी फसेपछि यातायात अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार सडक फराकिलो पार्नेक्रममा बनाइएको डाइभर्सनको लेदोमा गाडी फसेका कारण बिहान ८ बजेदेखि यातायात अवरुद्ध भएको हो ।शुक्रबार राति ९ बजे त्यहाँको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । डाइभर्सन बनाउँदा ह्युमपाइप राखेर ग्राभेलले पुरिएको छ । समयमा नै सडक निर्माण नहुँदा पानी पर्नसाथ ग्राभेल बगाएपछि लेदो जम्दा गाडी फस्ने गरेका छन् ।गैंडाकोट प्रहरीले डाइभर्सन गरिएको सडकमा केहीबेर गाडी सञ्चालन हुने र गाडी फस्नासाथ रोकिने गरेकाले गाडीको लाम बढेको जनाएको छ । तीनदेखिको वर्षादले गैंडाकोटको थुम्सीमा डाइभर्सन बगाएका कारण त्यहाँ लामो जाम छ । सडक फराकिलो पार्ने ठेक्का लिएको चिनियाँ कम्पनीले समयमै काम नगरेका कारण यो समस्या आएको हो । जाम छिचोल्न पालो कुरेर बसेको सयौं गाडि गैंडाकोट र भेडाबारीमा रोकिएका छन् ।

प्रकाशित : २०७८ भदौ १३ गते ९:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI