दाउन्नेमा पहिरो खस्दा पुर्व पश्चिम राजमार्ग अवरुद्ध, थुम्सीबाट छुटेका सवारी दाउन्नेमा रोकिए

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १४ गते १८:३९
दाउन्नेमा पहिरो खस्दा पुर्व पश्चिम राजमार्ग अवरुद्ध, थुम्सीबाट छुटेका सवारी दाउन्नेमा रोकिए

नारायण शर्मा/पूर्वी नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत बर्दघाट दुम्किबास खण्डको बीचमा पर्ने दाउन्ने पहाडमा ठाउँठाउँमा पहिरो जाँदा पूर्व–पश्चिम महेन्द्रराजमार्ग अवरुद्ध भएको छ ।पहिरो गएको स्थानमा रोकिएका गैंडाकोटका हरि पौडेलका अनुसार दुम्किबास बजारदेखि ३ किलोमिटर पश्चिममा राजमार्गमा पहिरो खसेका कारण ४ बजेबाट यातायात अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार दाउन्नेको खुर्सानी खोला नजिक ठाउँठाउँमा ठूलो पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको छ । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेका सवारीसाधन प्रहरीले दुम्कीबासमा रोकिदिएको छ भने बुटवलबाट नारायणगढतर्फ आउँदै गरेका गाडी बर्दघाटमा रोकिएको छ ।महेन्द्रराजमार्गको गैंडाकोटस्थित थुम्सीबाट पश्चिम गएका गाडी फेरि दाउन्नेमा अलपत्र परेका छन् । पहिरो हटाउने काम भइरहे पनि दाउन्नेमा पानी परेकाले समस्या भएको प्रहरीको भनाई छ । दाउन्नेको सडकमा बाढीको भल बगेका कारण सडक हिलाम्य छ ।

प्रकाशित : २०७८ भदौ १४ गते १८:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI