No ads found for this position

दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सन्चालनमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १४ गते २०:३१
No ads found for this position
दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सन्चालनमा
No ads found for this position

कावासोती । पुर्व पश्चिम राजमार्गको बर्दघाट-४ दाउन्नेमा पहिरोले अवरुद्ध भएको सडक एकतर्फी रुपमा सन्चालनमा आएको छ ।

दाउन्नेको वाँसघारी र खुर्सानी खोलामा खसेको पहिरो पन्छाएर एक तर्फी सडक सन्चालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रवक्ता राजु लामाले बताए ।

दाउन्नेमा सडक अवरुद्ध भए पछि पुर्वी नवलपरासीको गैंडाकोटको जाम पार गरेर गएका दर्जनौ सवारी साधन दाउन्नेमा रोकिएका थिए । मौसममा प्रतिकुलता नआए राति अवेरसम्म दुईतर्फी नै सडक सञ्चालन हुने प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ भदौ १४ गते २०:३१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI