विवादित एमसीसी सम्झौताबारे अमेरिकाले बढायाे चासो, उच्चस्तरीय भ्रमण हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १७ गते ११:५९
विवादित एमसीसी सम्झौताबारे अमेरिकाले बढायाे चासो, उच्चस्तरीय भ्रमण हुँदै

काठमाडाैँ । अमेरिकी सहयोग परियाेजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनबारे विवाद र बहस भइरहेका बेला एमसीसी उपाध्यक्ष फातेमा जे सुमर नेपाल आउँदै छन् । अर्को हप्ता सुमरसँगै एमसीसी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि आउने भएका छन् ।

पाँच दिन नेपालमा रहँदा उनीहरुले एमसीसीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनका नेताहरू र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ ।

नेपालले २०७४ भदौ २९ मा ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न ५ सय मिलियन अमेरिकी डलर अनुदान पाउने गरी एमसीसीसँग सम्झौता गरेको गरेको थियो । सम्झौताको चार वर्ष पुग्नै लाग्दा पनि सम्झौता कार्यान्वयन नभएको भन्दै अमेरिका असन्तुष्ट छ ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न ढिलाइ हुनु सम्भाव्य लगानीकर्ताका लागि राम्रो सङ्केत नभएको भन्दै अमेरिकाले असन्तुष्टि व्यक्त गरिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौता अनुमोदन गराउन तत्पर रहे पनि सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी हुबहु अनुमोदन गर्न नहुने पक्षमा छन् ।

एमसीसी सम्झौताका क्रममा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तत्कालीन कायममुकायम प्रमुख कार्यकारी अधिकृत जोनाथन जी नाशले हस्ताक्षर गरेका थिए ।

प्रकाशित : २०७८ भदौ १७ गते ११:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI