No ads found for this position

दाङमा सिस्नेखोलाले जिप बगाउदा थप दुई जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १७ गते १२:१४
No ads found for this position
दाङमा सिस्नेखोलाले जिप बगाउदा थप दुई जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो
No ads found for this position

दाङ : दाङमा बाढीले गाडी बगाउदा वेपत्ता भएका थप दुई जनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउदा मृत्यु हुनेको संख्या चार पुगेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनु भएको छ ।

घटनामा परि घोराही १३ का ३२ बर्षिय सुशिला श्रेष्ठ, घोराही १४ का ३० बर्षिय राधा श्रेष्ठ कुवर, घोराही–१३ का ४० बर्षिय रितामाया पुन र घोराही–१४ का ४२ बर्षिय विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चालकलाई भने प्रहरीले उद्धार गरेको छ । रुपैडियाँ किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । प्रदेश ०३– ०१ –०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो ।

मृतक राधा र शुसिला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुनुहुन्छ । चालक घोराही–१५ का ४० बर्षिय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको

प्रकाशित : २०७८ भदौ १७ गते १२:१४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI