No ads found for this position

कांग्रेसको प्रविधिमैत्री अभियान, एमालेको साइबर सेनाजस्तै ‘एनसी वीन’ गठन

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २३ गते १२:३७
No ads found for this position
कांग्रेसको प्रविधिमैत्री अभियान, एमालेको साइबर सेनाजस्तै ‘एनसी वीन’ गठन
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसले आउँदो १४औं महाधिवेशनको प्रचारात्मक नारा ‘प्रविधिमैत्री कांग्रेस’ तय गरेको छ । सँगै उक्त अभियान अन्तर्गत सामाजिक सञ्जालमा पार्टीलाई सक्रिय बनाउन नेपाली कांग्रेस इन्फर्मेशन नेटवर्क (एनसी वीन) गठन गरेको छ ।

पार्टीमा प्रविधि र सामाजिक सञ्जाल समन्वय सम्बन्धी कार्यमा संलग्न रहेका प्रतिनिधिहरुलाई समावेश गर्दै एनसी वीन गठन गरिएको हो । जसको संयोजन गर्ने जिम्मेवारी इन्जिनियर दिपेश विष्टले पाएका छन् ।

यसबाट पार्टीको आउँदो १४औं महाधिवेशनको प्रचार-प्रसार प्रविधिमार्फत गर्ने याेजना ल्याइएकाे छ ।

साथै स्थानीय, प्रदेश र संघको निर्वाचनमा प्रविधि र आन्तरिक रणनीतिमार्फत पार्टिको प्रचार गर्ने र विपक्षी प्रहारको प्रतिवाद (वार रुमको अवधारण) बमोजिम पार्टीको प्रचारमा सघाउने छ ।

एनसी वीनबाट पार्टीको विभिन्न तहमा प्रविधिमार्फत सहजीकरण र सामाजिक सञ्चालमार्फत सकारात्मक समाजिक प्रभावका लागि काम गर्ने याेजना पनि ल्याइएकाे छ ।

प्रकाशित : २०७८ भदौ २३ गते १२:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI