भिरबाट खसेर बौदींकालीमा एक जनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २५ गते १४:११
भिरबाट खसेर बौदींकालीमा एक जनाको ज्यान गयो

कावासोती । बौदींकालीमा पैदल यात्रा गरिरहेका एक जनाको भिरबाट खसेर ज्यान गएको छ ।

बौदींकाली-४ बराबेन्डीमा गएको पहिरोले बाटो भत्काएर भिर बनेको स्थान बाट खस्दा बौदींकाली-३ वटाङका ४१ वर्षिय प्रेम बिकको ज्यान गएको बौदींकालीबाट पत्रकार केबि रानाले जानकारी दिएका छ्न ।

देवचुलीको झाक्रेबाट पदैल यात्रा गर्दै बौदींकालीको रकुवा हिडेका बिक बिहिबार साझ ५ बजेको समयमा भिरबाट खसेका थिए । भिरबाट खसेर मृत्यु भएको बिकको शव करिब १२ घण्टा पछि डेढगाउँ प्रहरी र स्थानीयको सक्रियतामा निकालिएको पत्रकार रानाले जानकारी दिए ।

प्रकाशित : २०७८ भदौ २५ गते १४:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI