गृहमन्त्रालयको मुल्याङकनमा नवलपुर प्रशासनको कार्यसम्पादन मध्यम

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २७ गते १५:३३
गृहमन्त्रालयको मुल्याङकनमा नवलपुर प्रशासनको कार्यसम्पादन मध्यम

कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको कार्यसम्पादन आ.व २०७७/७८मा  मध्यम देखिएको छ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मूल्याङ्कनको नतिजामा नवलपुर प्रशासनले मध्यम अर्थात् बि प्लस ग्रेड ल्याएको छ ।

विभिन्न छ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा नवलपरासी बर्दघाट (सुस्ता पूर्व) सहित २१ जिल्लाको कार्य सम्पादन मध्यम भएको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयका सहसचिव कमलराज ढकालका अनुसार शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, विकास निर्माण अनुगमन र समन्वय, आर्थिक सुशासनसँग सम्बन्धित कार्यसम्पादनको मापनको आधारमा ग्रेड छुट्टाइएको हो ।

गृहमन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादनकने नतिजाको आधारमा झापा, अर्घाखाँची र रुकुम पूर्व सर्वोत्कृष्ट स्थान अर्थात् ‘ए प्लस’ ग्रेड अर्थात ल्याउन सफल भएका छन् । उत्कृष्ट कार्यसम्पादन गर्नेमा देशभर १४ वटा जिल्ला रहेका छन् । गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा ललितपुर, रुकुम पश्चिम, गुल्मी, स्याङजा, सोलुखुम्बु, लमजुङ, बागलुङ, गोर्खा, जाजरकोट हुम्ला, चितवन, कालिकोट, पर्वत र संखुवासभाको जिल्ला प्रशासन कार्यालय उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्लामा परेका हुन् ।

त्यसै गरि उत्तम कार्यसम्पादन गर्ने जिल्लाहरुमा सुर्खेत, रौतहट सहितका १८ जिल्ला र न्यून कार्यसम्पादन गर्ने जिल्लामा काठमाडौँ, पर्सा, नवलपरासी (सुस्ता पश्चिम) लगायतका २१ जिल्ला परेका गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७८ भदौ २७ गते १५:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI