नवलपुर प्रहरीद्वारा चोरीका १६ वटा मोटरसाईकल सहित ६ जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २७ गते १८:५०
नवलपुर प्रहरीद्वारा चोरीका १६ वटा मोटरसाईकल सहित ६ जना पक्राउ

कावासोती । नवलपुर प्रहरीले चोरीका १६ वटा मोटरसाईकल सहित ६ जना लाई जना पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले जिल्लाको अरुणखोला, सर्दी र चिसापानीबाट चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।

डिएसपी दिलिप कुमार गिरीका अनुसार प्रहरीले मध्यबिन्दु नगरपालीका वडा नं. १० बस्ने बर्ष २९ को मुकेश थापा, पाल्पा निस्दी गाउँपालिका वडा नं. ७ बस्ने बर्ष २५ को खेम बहादुर सारु, बिनयी त्रिवेणी गाउँपालिका वडा नं. २ बस्ने बर्ष ३० को गंगा बहादुर मगर,मध्यबिन्दु नगरपालीका वडा नं. १० बस्ने बर्ष ३३ को दिल बहादुर सोती, बिनयी त्रिवेणी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २३ को प्रेम बहादुर परीयार र बिनयी त्रिवेणी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २० को मिलन थापालाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ गरेको मोटरसाईकलहरु

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले एकै पटक ठुलो संख्यामा चोरीको मोटरसाईकल समातिएको यो पहिलो घटना भएको बताए । मल्लका अनुुसार समातिएका मोटरसाईकलहरु सम्बन्धित धनिलाई सम्र्पक गरेर बुझाउने प्रकृया सुरु भएको छ । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको मल्लले बताए ।

तस्विर :  जिल्ला प्रहरी कार्यालय नवलपुर

प्रकाशित : २०७८ भदौ २७ गते १८:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI