सी डिभिजन लिग छनौट : अठ्ठाईसबिघा युवा क्लबको विजयी सुरुवात

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २८ गते २१:५९
सी डिभिजन लिग छनौट : अठ्ठाईसबिघा युवा क्लबको विजयी सुरुवात

नवलपुर । शहिद स्मृति सी डिभिजन लिग छनौट फुटबलमा नवलपुरको अठ्ठाईस बिघा युवा क्लबले विजयी सुरुवात गरेको छ ।

सोमबार काठमाडौंमा सम्पन्न आफ्नो पहिलो खेलमा फर्पिङ खेलकुद बिकास क्लबलाई २—१ गोल अन्तरले हराउदै लिगको छनौट खेल मा अठ्ठाईस बिघा युवा क्लबले  जीत दर्ता गरेको हो ।

अठ्ठाईस बिघा युवा क्लबका लागी खेलको २६ र्औ मिनेटमा क्यापटेन सुमन आले मगरले गरेका थिए भने मानबहादुर पाटा मगरले खेलको ८० औं मिनेटमा दोस्रो गोल गरेर जीत सुनिश्चत गरेका थिए ।

अठ्ठाईस बिघा युवा क्लबले आफ्नो दोस्रो खेलमा डाईनामाईट क्लब काठमाडौं सँग असोज १ गते खेल्ने छ ।

प्रकाशित : २०७८ भदौ २८ गते २१:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI