गैंडाकोट दुर्घटना अपडेट : मृतक र घाईतेको परिचय खुल्यो(विवरण सहित)

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २९ गते ११:१९
गैंडाकोट दुर्घटना अपडेट : मृतक र घाईतेको परिचय खुल्यो(विवरण सहित)

कावासोती । गैंडाकोटमा आज बिहान बस र ट्रक ठोक्किंदा मृत्यु भएकाहरुको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा नं. ८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेको प्रहरीले जनाएको छ ।

सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना गम्भीर, ७ जना मध्यम र १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गैंडाकोट नगरपालिका वडा नं.१० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२-००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएका थिए ।

चितवन मेडिकल कलेज मा उपचाररत घाईतेहरुः–

१ . झापा बाहुनडागी बस्ने बर्ष १६ को पारस ढकाल, हात र खुट्टामा चोट, सामान्य ।
२. मोरङ विराटनगर मा.न.पा.–३ बस्ने बर्ष २१ की पुजा रेग्मी, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज)
३.ऐ ऐ बस्ने बर्ष २८ को सरोज पोखरेल, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज)
४. कैलाली बस्ने बर्ष १६ की रोशनी अधिकारी, शरीरमा चोट, सामान्य ।
५. कन्चनपुर महेन्द्रनगर नगरपालिका वडा नं –१ बस्ने वर्ष ४९ को मोहन कोईराला, पेटमा चोट, सामान्य ।
६. जुम्ला तिला गा पा वडा नं –४ बस्ने बर्ष २६ को चन्द्र नाथ योगी, हात र खुट्टामा चोट, सामान्य ।
७.ऐ ऐ बस्ने वर्ष ३३ को टोप बहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भिर ।
८.बस चालक कन्चनपुर कञ्चनपुर न पा–४ बस्ने वर्ष ४२ को लाल विर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम ।
९. रुपन्देही वस्ने वर्ष २८ को सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम ।
१०. बर्दिया वाँसगढी न.पा.वडा नं –८ वस्ने वर्ष ८२ को डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भिर ।
११. जिल्ला झापा बस्ने वर्ष ३६ को मन कुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
१२. जि कन्चनपुर झलारी बस्ने वर्ष २६ की उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम ।
१३. ट्रक चालक जिल्ला प्यूठान प्यूठान न.पा.–१० बस्ने वर्ष २७ को अमृत सिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम ।
१४. सुर्खेत विरेन्द्रनगर नगरपलिका वडा नं.–४ बस्ने वर्ष ४० को राम बहादुर थापा, हात र खुट्टामा चोट, सामान्य ।
१५. जि न प (पूर्व) हुप्सेकोट गा पा वडा नं–३ वस्ने वर्ष २६ की सबिना लिम्बु, खुट्टामा चोट, सामान्य ।
१६.जि न प (पूर्व) हुप्सेकोट गा.पा.वडा नं –३ वस्ने वर्ष २ को जोशन सारु मगर, टाउकोमा चोट, सामान्य ।
१७. जि न प (पूर्व) पुरानो बेलहानी बस्ने वर्ष १८ की गंगा ओली, छाती र पेटमा चोट, सामान्य ।
१८. जि कन्चनपुर बेलपुर ९ बस्ने वर्ष ३२ को चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भिर
१९. जि सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं –७ वस्ने बर्ष ४२ को मन कुमार थापा, ढाड र छातीमा चोट, मध्यम ।
२०. जि महोत्तरी बर्दिवास न पा वडा नं –७ बस्ने बर्ष २३ को रमेश यादव, हात र खुट्टामा चोट, मध्यम ।

 

 

प्रकाशित : २०७८ भदौ २९ गते ११:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI