काङ्ग्रेस महाधिवेशन : नवलपुरमा ९२ वडा सभापति मध्ये ३ जना मात्रै महिला

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २९ गते २०:४५
काङ्ग्रेस महाधिवेशन : नवलपुरमा ९२ वडा सभापति मध्ये ३ जना मात्रै महिला

कावासोती । नवलपुरमा गत भदौ २१ गते सम्पन्न नेपाली काङ्ग्रेसको वडा अधिवेशनहरु बाट वडा सभापतीमा चयन हुने महिलाको संख्या अत्यन्तै न्यून रहेको पाईएको छ ।

जिल्लाका कुल ९२ वडाहरु मध्ये ३ वटा वडामा मात्रै महिलाहरुले नेतृत्व पाएका छ्न । जिल्लाको देवचुली-१६ मा धनेश्वरी ढकाल कोइराला , हुप्सेकोट-४ मा रुपामाया राना र मध्यविन्दु ६ मा गितादेवि पाठक मात्रै वडा सभापतिमा निर्वाचित महिला नेतृत्व हुन ।

वडा सभापतिमा महिलाको नेतृत्व ३ प्रतिशतको हाराहारीमा देखिए पनि दलित समुदायबाट भने शुन्य रहेको छ । जिल्लाका ९२ वडामा कुनै पनि वडाको नेतृत्वमा दलित समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्ति पुगेका छैनन ।

वडा सभापतिमा महिला ३ जना मात्रै भए पनि ३३ प्रतिशत भन्दा धेरै महिलाहरु क्षेत्रीय प्रतिनिधिमा चयन भएका काङ्ग्रेस नवलपुरका कार्यालय सचीव गोपाल बस्ताकोटीले बताए । दलित समुदायबाट पनि नियमावलीले व्यवस्था गरेबमोजिमको क्षेत्रीय प्रतिनिधिहरु चयन भएका बस्ताकोटीले बताए ।

प्रकाशित : २०७८ भदौ २९ गते २०:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI