आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्छ : प्रचण्ड

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ ३० गते १५:१०
आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दोहोर्‍याएका छन् ।

बुधबार पोस्टबहादुर बोगटीको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले अब आफूहरूले देशको नेतृत्व गर्ने अवस्था आउन सक्ने बताए ।

उनले पार्टीका नेताहरूमा पद र प्रतिष्ठाप्रति लालच, व्यक्तिगत स्वार्थ, गुट बनाउने प्रवृति विकास हुँदै गएको बताए । माओवादी पनि अरू बुर्जुवा पार्टीजस्तै बन्ने दिशातिर गएको उनले उल्लेख गरे ।

“अहिले पनि माओवादी केन्द्र देशको सर्वाधिक पार्टी हो । यसको तुलना अरूसँग हुन सक्दैन,” उनले भने ।

उनले संविधान संशोधनका लागि आवश्यक परे सडकमा जाने पनि बताए । “जरुरी पर्‍यो भने सडकमा जानुपर्ने पनि हुनसक्छ,” उनले भने ।

संविधान बनाउँदा नै आफूले निर्वाचन प्रणाली, शासकीय स्वरूपका विषयमा ‘नोट अफ डिसेन्ट’ राखेको उनले स्मरण गरे ।

प्रकाशित : २०७८ भदौ ३० गते १५:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI