गण्डकी प्रदेशको महत्वपुर्ण दुईवटा संसदीय समितिको सभापतिमा नवलपुरका लामिछाने र गाहा

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ ३१ गते १:१२
गण्डकी प्रदेशको महत्वपुर्ण दुईवटा संसदीय समितिको सभापतिमा नवलपुरका लामिछाने र गाहा

कावासोती । गण्डकी प्रदेशको महत्वपुर्ण दुईवटा संसदीय समितिको सभापतिमा नवलपुरबाट निर्वाचित दुईजना प्रदेश सभा सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका छन ।

गण्डकी प्रदेशको ४ वटा संसदीय समिति मध्ये विधायन समितिको सभापतिमा नवलपुर २ “क” बाट निवार्चित प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछाने र सार्वजनिक लेखा समितिमा नवलपुर १ “ख” बाट निवार्चित प्रदेश  सभा सदस्य रोशनबहादुर गाहा सर्वसम्मत रुपमा चयन भएका हुन ।

विधायन समितिको सभापतिमा उम्मेदवारी दिएका विष्णुप्रसाद लामिछानको प्रस्तावकमा जनमेर्चाकी सांसद पियारी थापा र सर्मथकमा एमाले सांसद राजीव पहारी रहेका छन भने लेखा समितिमा सभापतिमा उम्मेदवारी दिएका रोशनबहादुर गाहाको प्रस्तावकमा कांग्रस संसदीय दलकी प्रमुख सचेतक ओमकला गौतम र समर्थकमा नेकपा माओवादीकी सचेतक गायत्री गुरुङ रहेकी छिन । दुवै सभापतिमा एक एक जनाको मात्रै उम्मेदवारी परेकाले दुवै जना सर्वसम्मत भएका हुन । लामिछाने नेपाली कांग्रेस नवलपुरका सभापति हुन भने गाहा नेकपा एमाले नवलपुरका अध्यक्ष हुन ।

त्यसै गरि प्रदेश मामिला समितिको सभापतिमा जनमोर्चाका खिमबिक्रम शाहीको मात्रै उम्मेदवारी परेकाले शाही सर्वसम्मत चयन भएका हुन ।

यस अघि पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुदाँ विधायन समितिको सभापतिमा एमालेका मोहन रेग्मी र सार्वजनिक लेखा समितीमा कांग्रेसका कुमार खडका सभापति थिए भने प्रदेश मामिला समितिको सभापतिमा जनमोर्चाका कृष्ण थापा सभापति थिए । कांगे्रस नेतृत्वमा प्रदेशमा नयाँ सरकार बने पछि संसदीय समितिका सभापति पनि फेरिएका हुन भने अर्थ तथा विकास समितिको सभापतिमा यस अघिनै निवार्चित माओबादी केन्द्रका दीपक कोईरालाले भने निरन्तरता पाएका छन ।

नयाँ चयन भएका संसदीय समितिको सभापतिहरुको सपथ ग्रहण बिहिबार दिनको एक बजे राखिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रकाशित : २०७८ भदौ ३१ गते १:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI