राप्रपा नवलपुरको अधिवेशन असोज २ गते : अध्यक्ष पदका लागी ४ जना आकांक्षी

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ ३१ गते १९:३५
राप्रपा नवलपुरको अधिवेशन असोज २ गते : अध्यक्ष पदका लागी ४ जना आकांक्षी

कावासोती । राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरको जिल्ला अधिवेशनको यहि असोज २ गते हुने भएको छ । पार्टी एकता पछिको पहिलो अधिवेशन भएकाले एकताको अधिवशनको अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको राप्रपा नवलपुरका उपाध्यक्ष एवं निर्वाचन संयोजक रामनाथ उप्रेतीले बताए ।

जिल्ला अधिवेशनका लागी वडा, पालीका, प्रदेश सभा निर्वाचन क्षेत्र र संघिय निर्वाचन क्षेत्र तथा जिल्ला कार्यसमितिबाट विधान अनुसार प्रतिनिधी छनौट गरिसकिएको निर्वाचन संयोजक उप्रेतीले बताए ।

उप्रेतीका अनसार पार्टी एकता पछिको पहिलो अधिवेशन भएकाले एकताको अधिवशनबाट राप्रपा नवलपुरको नेतृत्वमा पुग्नका लागी ४ जना नेताहरु आकांक्षी देखिए पछि सर्वसम्मतको प्रयास भईरहेको छ ।

राप्रपा नवलपुरको नयाँ नेतृत्वका लागी राप्रपा नवलपुरका सल्लाहकार सदस्य विष्णुप्रसाद अधिकारी, वरिष्ठ जिल्ला उपाध्यक्ष चन्द्रदत्त जैसी, जिल्ला सचिव गुनाखर काफ्ले, र संघिय क्षेत्र नं २ का अध्यक्ष नुनबहादुर आलले दाबेदारी प्रस्तुत गरेका छन । अध्यक्ष पदका लागी ४ जनाले आकांक्षा देखाए पनि अधिवेशनको दिन सम्म सहमतिमै टुङगो लगाउने गरि छलफल सुरु गरिएको निर्वाचन संयोजक रामनाथ उप्रेतीले बताए ।

प्रकाशित : २०७८ भदौ ३१ गते १९:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI