No ads found for this position

काँग्रेस महाधिवेशन र बहसको विषय

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १ गते १४:४६
No ads found for this position
काँग्रेस महाधिवेशन र बहसको विषय
No ads found for this position

सरस्वती तिमिल्सिना

नेपाली काँग्रेस १४ औँ महाधिवेशनको संघारमा छ । देशभरि नै महिलाहरुले प्रतिस्पर्धामा आफूलाई उभ्याएका सुखद खबरहरु आएका छन् । यतिखेर नेतृत्वमा पुग्ने होडसँगै महिलाहरुले अधिकार प्राप्ति र क्षमता वृद्धिलाई सँगै लैजानुपर्ने छ । नीति नियमको कानुनी व्यवस्था र महिला अधिकारका विषयमा भएका अन्तराष्ट्रिय सन्धी, महासन्धीका विषयमा पनि यथेष्ट ज्ञान राख्न जरुरी छ । क्षमता वृद्धिबिनाको नेतृत्व सफल हुँदैन । महाधिवेशनमा यी र यस्ता विषयमा खोजी अध्ययन र अनुसन्धान गरी अब्बल हुने गरी प्रतिष्पर्धा गरौँ । दिदी बहिनीहरुमा विनम्रतापूर्वक आग्रह छ । त्यही प्रयोजनका लागि बहसका थोरै विषय प्रस्तुत गरेकी छु ।

* समतामूलक दिगो राष्ट्रिय विकासका लागि पुरुष सरह महिलाहरूको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य रहन्छ । खोजी गरौँ ।
* नेपालमा महिलाहरूलाई विशेष अधिकार प्रदान गरिएको छ । दावी गरौँ ।
* एक कुनैपनि पुरुषले महिलालाई कुनैपनि प्रकारको भेदभाव गर्न पाइँदैन । सचेत बनौँ ।
* संविधानले महिलाहरूको स्थितिको सुधारमा विशेष ध्यान दिएको छ । अध्ययन गरौँ ।
* राजनैतिक प्रतिनिधित्वमा ३३% सिट संविधानले सुरक्षित गरेको छ । त्यसको सदुपयोग गरौँ ।
* महिला र पुरुष बीच आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक असमानतालाई कम गर्ने सन्दर्भमा सर्वप्रथम १९१० मार्च ८ मा विश्वका केही प्रबुद्ध महिलाहरूको संगठित रूपमा थालनी गरेका थिए । यो इतिहास खोतलौँ ।
* महिलाहरूको सामाजिक, राजनीतिक तथा आर्थिक विकासका लागि कानुनी, नीतिगत तथा विकास कार्यक्रमहरूको विस्तारका माध्यमबाट राष्ट्रिय विकासको मूल प्रवाहमा समाहित गर्ने प्रयास हुनु जरुरी छ । सक्रिय बनौँ ।
* महाधिवेशनलाई सार्थक बहसको अवसरको रुपमा सदुपयोग गरौ र सक्षम महिलालाई नेतृत्वमा ठाउँ दिऔँ र बाँकीलाई सक्षम बनाउने पहल गरौँ । सबैलाई शुभकामना ।

प्रकाशित : २०७८ असोज १ गते १४:४६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI