रामहरि श्रेष्ठको “भुल्न नसकिएको अतीत” माथि समीक्षा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २ गते १८:५५
रामहरि श्रेष्ठको  “भुल्न नसकिएको अतीत” माथि समीक्षा

गैंडाकोट । स्रस्टा रामहरि श्रेष्ठको संस्मरण सङ्ग्रह “भुल्न नसकिएको अतीत” माथि समीक्षा कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ चितवन वाङमयको आयोजनामा समीक्षा कार्यक्रम गरिएको हो ।

पुस्तकमा २०४६ सालको जनआन्दोलनका विविध बिषयलाई संस्मरणको रूपमा प्रस्तुत गरिएको छ । `आन्दोलनका अभियन्ता रामहरि श्रेष्ठले आन्दोलनका विविध घटनाक्रमलाई संस्मरणको रूपमा पुस्तकमा समेट्नु भएको छ´ पुस्तकमाथि बोल्दै समीक्षक सिर्जन अविरलले भने- `आन्दोलनका क्रममा गिरफ्तारी, हिरासत अनि भोग्नुपरेका यातनालाई पुस्तकमा चित्रण गरिएको छ ।´ २०४६ सालको जनआन्दोलनका घटनाहरूको महत्त्व र त्यसको अभिलेखका रूपमा यो पुस्तक आएको अविरलले बताए ।

 

पुस्तकमाथि बोल्दै समीक्षक पूर्णप्रसाद अधिकारीले यो पुस्तकमा चितवनको आन्दोलन र श्रेष्ठले बन्दी अवस्थामा भोगेका अनुभवहरू सँगसँगै काठमाडौंको आन्दोलनसँग चितवनको सम्बन्ध बारेको विवरण पनि समेटिएको बताए । अर्का टिप्पणीकार प्रेम रिमालले राजनीतिमा होमिएका युवालाई इतिहास बुझ्न यो पुस्तक उपयोगी भएको बताए । समग्र आन्दोलनको प्रमाणिक दस्तावेजका रूपमा पनि पुस्तकको महत्त्व रहेको रिमालले बताए । पुस्तकका सन्दर्भमा कलाकार प्रकाश थापा, भानुप्रकाश उपाध्याय, कपिल अज्ञातलगायतले बोलेका थिए ।

 

लायन्स क्लब अफ चितवनकी अध्यक्ष हरि प्रिया रिजालको अध्यक्षता आयोजित कार्यक्रममा लायन्स डिस्ट्रीक्ट डेपुटी चिफ अफ लिटरेचर एण्ड कल्चरल कमिटीका प्रमुख लायन रामशरण सिलवाल प्रमुख अतिथि थिए । प्रमुख अतिथि सिलवालले लायन्स क्लबका तर्फबाट साहित्यिक विकास र उन्नयनमा कार्यक्रम हुनु ठूलो उपलब्धि भएको बताए । लायन्स क्लबले साहित्यिक गतिविधिमा सदैव सहकार्य गर्ने सिलवालले बताए ।

 

गोविन्दराज विनोदी, धनराज गिरी, इन्द्र रेग्मी, लीला मास्के राना, प्रकाश चापागाईं, रणेन्द्र बराली, रामहरि शर्मा, गोर्खे साइलो, अविरल यात्री, राजेन्द्र पौडेल, निर्दोष जीवन, तितेपाती, राजेन्द्र घायल, भीम शर्मा, राधा पाण्डेलगायतको उपस्थिति रहेको कार्यक्रमलाई वाङमयका सचिव सुजन अधिकारीले सहजीकरण गरेका थिए ।

प्रकाशित : २०७८ असोज २ गते १८:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI