राप्रपा नवलपुरको अध्यक्षमा विष्णु अधिकारी

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २ गते २१:०५
राप्रपा नवलपुरको अध्यक्षमा विष्णु अधिकारी

कावासोती । राप्रपा नवलपुरको अध्यक्षमा विष्णुप्रसाद शर्मा अधिकारी सर्वसम्मत रुपम चयन भएका छ्न ।

शनिबार सम्पन्न राप्रपा नवलपुरको जिल्ला अधिवेशनबाट अधिकारी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका निर्वाचन संयोजक रामनाथ उप्रेतीले बताए ।

उप्रेतीका अनुसार अधिकारीको नेतृत्वमा २३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । जिल्ला कार्यसमितिको पदाधिकारी चयन भने जिल्ला कार्यसमितिको बैठकले २२ जना भित्र बाट गर्ने राप्रपाको विधानमा व्यवस्था भएकाले अधिवेशनले अध्यक्ष र २२ जना जिल्ला कार्यसमिति सदस्य चयन गरेको उप्रेतीले बताए ।

प्रकाशित : २०७८ असोज २ गते २१:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI