No ads found for this position

खेलकुदबाट क–कसलाई कुन विभूषण ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ३ गते १०:१७
No ads found for this position
खेलकुदबाट क–कसलाई कुन विभूषण ?
No ads found for this position

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवाश्रीबाट विभुषित गर्ने भएकी छिन् । संविधान दिवसका अवसरमा सरकारले राष्ट्रिय टिमका कप्तानद्धयलाई प्रवल जनसेवाश्रीबाट विभुषित गर्ने भएको हो ।

चेम्जोङ नेपालबाट सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन् । त्यस्तै उनी सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने गोलकिपर पनि बनेका छन् ।

त्यस्तै मल्ल आईसीसी विश्वकप क्रिकेट लिग– प्रतियोगिता खेल्न ओमानमा छन् । आइतबारै नेपालले अमेरिकासँग त्रिकोणात्मक सिरिजको अन्तिम खेल खेल्दैछ ।

मल्ल एक दिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी हुन् । उनले ओमानविरुद्ध भएको खेलमा अर्धशतकसमेत बनाएका थिए ।

खेलकुदबाट को को सम्मानित हुँदै ? 
जनसेवाश्रीबाट

–नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द
–तेक्वान्दो खेलाडी आयशा शाक्य
–तेक्वान्दो प्रशिक्षक वान योङ्ग डाल (कोरियाली)
–अपाङ्गता भएको खेलाडीद्धय हिमाल अर्याल र केशव थापा ।
सुकीर्ति पदकबाट

–कराँते खेलाडी अनु अधिकारी
–ब्याडमिन्टन खेलाडी दीपक थापा
–तेक्वान्दो प्रशिक्षक नर्वु लामा
–पावर लिफ्टिङ खेलाडी प्रकाश केसी
– खेल आयोजकबाट उत्तम न्यौपाने ।

प्रकाशित : २०७८ असोज ३ गते १०:१७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI