प्रदेश नं २ समन्वय परिषद कतारको अधिवेशन सम्पन्न, अध्यक्षमा मो.शाकिर अलि चयन

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ३ गते २०:५७
प्रदेश नं २ समन्वय परिषद कतारको अधिवेशन सम्पन्न, अध्यक्षमा मो.शाकिर अलि चयन

दोहा। गत १७ सेप्टेम्बर २०२१ शुक्रबारका दिन दोहाको क्राउन प्लाजा होटलको सभाहलमा कार्यक्रम संयोजक राम कुमार मण्डलको सभापतित्वमा प्रदेश नम्बर २ समन्वय परिषद कतारको प्रथम महाधिवेशन भब्य रुपमा सम्पन्न गरेको छ। प्रथम अधिवेशनबाट मोहम्मद शाकिर अलिको नेतृत्वमा २१ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।
नवकार्यसमिति कार्यकाल २०२१-२३ का पदाधिकारी एवं सदस्यीयहरुको नामावली
संरक्षक : राम कुमार मण्डल ( सिरहा )
अध्यक्षः मोहम्मद शाकिर अली ( सिरहा )
उपाध्यक्ष : इसिलाल पण्डित ( महोत्तरी )
उपाध्यक्ष : तेजिलाल मण्डल ( सिरहा )
महासचिव : चन्द्रवीर यादव ( धनुषा )
सचिव : ताजिमुदिन मियां ठकुराई (बारा)
सह सचिव : प्रकाश यादव ( सिरहा )
कोषाअध्यक्ष : मो . ईन्दाज आलम ( रौतहट )
सह कोषा अध्यक्ष : तेजनारायण मण्डल ( सप्तरी )
क्रमश:सदस्यीयहरुमा : मो . मुम्ताज आलम ( रौतहट ), मो . सालिक राजा ( सर्लाही ) लक्ष्मीनारायण मण्डल ( धनुषा ), ओम प्रकाश यादव ( महोत्तरी), घनश्याम चौधरी थारु ( सप्तरी ), जिकरुल्लाह खान ( रौतहट ), मो . सरफराज नैयर ( रौतहट ), अरुण कुमार चौधरी थारु ( सप्तरी ), जय किशोर मण्डल ( सर्लाही), मो . फिरोज (पर्सा), मो . ईमरान खान (रौतहट) असगर अली ( सप्तरी ) का रहेका छन्।

एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष जैबि राइको प्रमुख आतिथ्यमा तथा विशेष अतिथिहरुमा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष रामहरि गैरे, जनसम्पर्क समिती कतारका कार्यवाहक अध्यक्ष ठाकुर कुमार परियार, नेपाली महिला समाज कतारका अध्यक्ष सरिता भण्डारी पौडेल, विश्व साईकल यात्री यासिन मामा, लगायत व्यवसायीहरु अन्य वैचारिक तथा जिल्ला,सामाजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको विशेष उपस्थिति रहेका थिए।

शुभकामना मन्तव्य राख्दै गर्दा बिशेष अतिथी,अतिथिहरुले उक्त अधिवेशनमा केही असहमति समुहलाई समेत सहमति जुटाएर एउटै मालामा गाँस्न सकेमा प्रदेश नम्बर २ को समृद्धि हुने तर्क राखेका थिए। भने केही अतिथिहरुले राम कुमार मण्डललाई आफ्नै सहयात्रीहरुले अन्याय गरेको, धोका दिएको जिकिर गर्दै कारण यसरी खुलाए सन् २०१९ मा राम कुमार मण्डलको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिती गठन गर्नुका साथै सल्लाहकार समिती समेत गठन गरिसकेको हुँदा यस संस्थालाई बैधानिक र आधिकारिक मानिन्छ। तथापि कोभिड- १९ र विभिन्न कारणले बेलैमा अधिवेशन सम्पन्न गराउन नसक्नुको कम्जोरी औल्याउँदै यो अधिवेशन कुनै प्रतिशोधको भावनाले व्यक्ति विशेष नभई संस्थालाई निकास दिन बैधानिक रुपमा जिवित राख्नको निमित्त जुझारु समिती गठन गरिएको धारणा राख्दै सर्वसम्मत निर्वाचित सम्पुर्ण कार्यसमितिलाई बधाई तथा शुभकामना दिए।

कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका सभापति राम कुमार मण्डलले उपस्थिति सम्पुर्णलाई धन्यवाद दिनुभयो। उहाँले भन्नू भयो “आफु अस्वस्थ भैइ अस्पतालमा उपचारत रहेको अबस्थामा मौका छोपी अरुले उचालेको भरमा संस्थापक सदस्यहरु लाई समेत कुनै जानकारी नै नदिई आफुखुसी अर्को तदर्थ समिति गठन गर्नु बिश्वास घात हो। यो अति दु:खत क्षण रहेको बताउदै आफुले एकजुट भएर जान चाहेर पनि नसकेको र अधिवेशनमा अन्तिम समय सम्म आउनुहोस् मिलेर जानुपर्छ भनेर समन्वय आग्रह गरेको हो तर सहमत हुनु भएनन्। अझै पनि स्वागत छ आफ्नो दम्भ अहंकार त्यागेर निस्वार्थ भावनाले आउनु हुन्छ भने हामी आधिकारिक संस्था हौं मिलाउने कोसिस गर्नेछौं समेटेर जानेछौ।”

विधिवत रुपमा राष्ट्रिय गाण वाचन,मैन दीप प्रज्वलन, व्यानर अनावरण गरि,२ चरणमा संचालन गरिएको औपचारिक कार्यक्रम सचिव तेजी लाल मण्डलले संचालन गर्नु भएको थियो भने त्यसैगरि प्राविधिकमा इन्दाज आलमले साथ दिनु भएको थियो। साथै सम्मान कार्यक्रम समेत रहेका थिए। कार्यक्रमको अन्तमा कार्यकाल २०२१-२३ का लागि नव निर्वाचित अध्यक्ष मो.शाकिर अलिले कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्‍याउने सबैप्रती तथा उपस्थित अतिथिहरुलाई बिशेष धन्यवाद दिनु हुँदै प्रदेश नम्बर २ अन्तरगर्त पर्ने सबै जिल्लाहरुलाई समेटेर अन्य संस्थाहरु संग भाईचाराको सम्बन्ध, सद्भावलाई प्रगाढ गर्ने, सामाजिक सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउँदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो।

प्रकाशित : २०७८ असोज ३ गते २०:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI