No ads found for this position

ओमानमाथि नेपालको ७ विकेटको सानदार जित

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ३ गते २१:०८
No ads found for this position
ओमानमाथि नेपालको ७ विकेटको सानदार जित
No ads found for this position

ओमान (मस्कट) । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नेपालले सहज जित निकालेको छ ।

आइतबार भएको खेलमा नेपाले ओमानलाई ७ विकेटले पराजित गरेको हो । अल अमिरात क्रिकेट मैदानमा ओमानले दिएको १२२ रनको लक्ष्य पछएको नेपालले १८ ओभरमा ३ विकेट गुमाउँदै १२२ रन बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ४ चौका र २ छक्काको सहयागमा ५२ रन बनाए ।

त्यस्तै आसिफ शेखले ४० रन बनाए । ४४ बल खेलका उनले ७ चौका प्रहार गरे । नेपालका लागि रोहित पौड्यलले र कुशल भुर्तेलले समान ६–६ रन बनाए ।

त्यस्तै आसिफ शेखले ४० रन बनाउँदा कुशल भुर्तेतले ६ रन बनाए । बलिङतर्फ ओमानका लागि नेस्टोर धम्बाले दुई विकेट लिए । त्यस्तै कलेमगल्लाहले एक विककेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि ओमानका ब्याट्सम्यानहरुले ठूलो साझेदारी गर्न सकेनन् । ३७/४ को अवस्थामा ब्याटिङमा आएका घरेलु टोलीका कप्तान जिसन मक्सुदले एउटा पारी सम्हालेपनि अरु ब्याट्सम्यानहरु टिक्न सकेनन् ।

यद्यपि क्रिजमा टिकिरहेका कप्तान मक्सुदले आठौं विकेटका लागि नसिम खुशीसँग २२ र नवौं विकेटका लागि मलिमुल्लाहसँग २० रनको साझेदारी गर्दै स्कोर १०० भन्दा माथि कटाए । उनी ४१ रनमा आउट हुँदा टिमको स्कोर १०६ रन थियो ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ४/४ विकेट लिए । सन्दीपले ८.१ ओभरमा २ मेडन राख्दै १८ रन खर्चिए भने करणले ८ ओभरमा १ मेडन राख्द‌ै २५ रन दिए ।

शरद भेषावकरले २ विकेट लिए ।

प्रकाशित : २०७८ असोज ३ गते २१:०८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI