आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ५ गते ७:५६
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
City commuters are seen through heavy rain, in Sydney, Tuesday, June 19, 2018. The Bureau of Meteorology have issued a severe weather warning for parts of the Hunter, Central Coast and Sydney, which in turn brought about a hazardous surf warning for the area as well. (AAP Image/Chris Pavlich) NO ARCHIVING

हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा हल्का तल रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका सामान्य बदली र बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानहरू, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको छ ।

मंगलबार देशभर सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

बुधवार देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र अन्य  प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ । बिहीबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ।

प्रकाशित : २०७८ असोज ५ गते ७:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI