देवचुलीका ११ वर्षीय बालक एक हप्ता देखि बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ५ गते ८:५९
देवचुलीका ११ वर्षीय बालक एक हप्ता देखि बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ४ झाँक्रेका एक बालक विगत एक हप्तादेखि बेपत्ता भएका छन् । स्थानीय श्याम बहादुर नेपालीका छोरा ११ बर्षीय रेम बहादुर नेपाली (सोमई) गत भाद्र २९ गते मंगलबार बिहानदेखि बेपत्ता भएका हुन् ।
मंगलबार बिहान आफ्नो जेठो दाजु तोमसँग एकछिन गाउँ डुलेर आउँछु भन्दै साईकल लिएर गएका रेम (सोमई) बेलुकीसम्म घर नफर्केको सोमईका बुबाले बताउनुभयो ।

सोमईका बुबा र आमा किसानी गर्ने भएकाले बिहान ६ बजे देखि बेलुकी ६ बजेसम्म खेतबारीमै रहने बताए । सधैजसो उनीहरु मंगलबार पनि खेतमा काम गर्न गएका थिए साँझ खेतबाट घर फर्किदा छोरो घरमा नभएपछि खोजी गर्न थालेको बुबा नेपालीले बताउनुभयो ।

गाउँतिर आफन्त सबैकोमा खोजीयो तर कतै कुनै पत्ता नलागेपछि ईलाका प्रहरी कार्यालय रजहरमा जानकारी गराएको सोमईका बुबाले बताउनुभयो । प्रहरी पनि खोजीकार्यमा लागिरहेको छ ।

बेपत्ता भएका बालकले माथि कोठे शर्ट, तल ट्रयाक र कालो तुना चप्पल लगाएको छन् । भेटाउनु हुने माहानुभावहरुले ९८११९२४९८५ मा सम्पर्क गर्न सक्नुहुन्छ ।।

प्रकाशित : २०७८ असोज ५ गते ८:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI