लागुऔषध सहित गैंडाकोटबाट ३ जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ५ गते ९:०४
लागुऔषध सहित गैंडाकोटबाट ३ जना पक्राउ

गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा लागुऔषध सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. २ नारायणी पुल नजिकैबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

पुर्वबाट पश्चिम तर्फ जान आउँदै गरेको बाग्मती प्रदेश ०३-००१-च १२८३ नम्बरको टाटा पिकअप भ्यानमा लागु औषध ल्याउदै गरेका तीनजना पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका वडा नं. ११ का प्रकाश कार्की, भरतपुर महानगरपालिका वडा नं. ९ का २२ वर्षका शुरेश तामाङ, र देवघाट गाउँपालिका वडा नं. ५ का २२ वर्षका मिलन गुरुङ्ग रहेका छन् ।

उनिहरुले नुरफिन ५६ थान, फेनारगन ५६ थान र डाईजापाम ६० थान गरि कुल १७२ थान लागुऔषध भ्यानको स्टेरिङ मुनि लुकाएर ल्याउदै गरेका थिए । विहान चारबजे पक्राउ परेका उनिहरुको सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ असोज ५ गते ९:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI