विश्व अल्जाइमर्स दिवस: विस्मृतिसँग ठूलीको संघर्ष !!

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ५ गते १६:०९
विश्व अल्जाइमर्स दिवस: विस्मृतिसँग ठूलीको संघर्ष !!

रजनी श्रेष्ठ

आज सुरेसलाई एक्लिएको महसुस भएको छ। ठुलीले यो संसार छोडेर गएको चार दिन भइसक्यो। संघर्ष गर्दा गर्दै अल्जाईमर नाम गरेको रोग संग जुध्दा जुध्दै स्मृतीका पन्नाहरु सबै बिस्तारै सेलाएर गए।

आफन्त, छोरा छोरी र पतिदेबलाई पनि बिस्तारै अनुहारहरु बिर्सिन्दै गईन। संसारमा भएर पनि नभए जस्तो आफ्नो अस्तित्वको बिस्मृतीमा बाचिरहन बाध्यछिन्।

पाँच बर्ष देखि ठुली रोगको संक्रमणमा न लुगा लगाईको चाहना न कुनै बस्तु प्रति मोह सबै बिस्मृतिको पन्नामा अनजान भईसके आफ्नो सबै भएर पनि नभए जस्तो सुध्दी बुद्धी छैन सुन्यतामा जिबन संग लड्दै थिईन्।

पतिको साथमा जसले हरक्षण ठुलीलाई सुमसुम्याउथ्यो, मायाको दियो जलाएर स्मृति फर्कने बाटो खोज्दै थियो। बर्षौं देखि कर्मपथमा प्रयासरतमा लागिरहनु भनेको मानौ ठुलो तपस्या थियो सुरेसको लागी।

एक पछि अर्को फेर्दै राम्रो डाक्टरको खोजिमा लागि परेको थियो ।औसधीले कामै गरेन चेतना फर्काउन उल्टो बिस्मृति तिर धकेल्दै लग्यो।ठुलीको जिन्दगीमा भोकलाग्यो भन्न पनि नसक्ने स्थिति भयो। ख्वाए खान्छिन् न ख्वाए चुप चाप एउटा मुर्ति जस्तो चेतना बिहीन भएर बस्थिन् ।ठुलीलाई बच्चा जस्तो यो फलाना यो फलाना भनेर परिचय दिनु पर्यो।रोगले मतलब बिहीन बनाउदै लग्यो।सरिरको अस्तित्वमात्र बोकेर पाँच बर्ष देखि सुन्यतामा छन् उनी।

सेवा गर्ने नर्सहरु राखिदीएको छ पैसाको मतलब नै नराखी सुरेस प्रयत्न गर्दै थिए । पति धर्म भन्दा माथिको भाब थियो ठुलीको लागि सुरेस। ठुलीलाई हेर्दै पुरानो यादहरु बटुलेर उनीसंग रमाई रहन्थ्यो। तर ठुली भने सुरेसको त्याग तपस्या असिम मायाका लहर बाट अल्लगी सकेकी थिईन। मन मस्तिकमा सुरेसले पुन ठुलीको चेतना फर्काउने आसमा बाँचिरहेको थियो।

आस र बिस्वासमा रुमल्लिएको जीवन साहसले कहिलै छोडेन राति आफ्नै कोठामा सुत्न लाई पस्दा पनि ठुलीले बेहोसीमा बोलेको सब्दले किंकर्तब्य बिमुड भएको थियो। ठुलीले सुरेसलाई भनेछ लाज लाग्दैन ? केटी एक्लै भएको कोठामा आउनलाई? ठुलीको बिस्मृतिले सुरेसलाई पतिदेब भनेर बिर्सिसकेको रहेछ ठुली आफुलाई बिबाह नै नगरेको संम्झने गर्छीन्।

गजबको संसार , जस्ले मायाको भाब बुझेको छैन त्यसैलाई ओत दिई रहेछ आकास बनेर, खै के भन्ने संसारमा रोग ब्यादीले भोग्नु पर्ने बिडम्बनाहरु धेरै रहेछन चाहेर होस बा नचाहिकन नै किन नहोस समयले दिएको उपहारलाई आत्मसात गर्नु पर्ने बिकल्प बाहेक केहि पनि रहेनछ। सुरेसको मायाले सम्हाल्न खोज्दै आसै आसमा धेरै प्रयत्न गर्यो। औसधि देखी नर्सको ब्यबस्थामा लाग्यो तर जति गर्दा पनि चेतना फर्केर आएन। ठुलीलाई अर्कै संसारको परिकल्पनामा ढलिसकेको रहेछ।

रोगको आक्रमणले झनझन च्याप्दै बिग्रदै गयो औषधीले काम गरेन अब त ठुलीले खान पनि छोडिन।  ख्वाउन पनि बच्चालाई जस्तै गरी फकाई फकाई ख्वाउनु पर्ने नख्वाएमा भोगलाग्यो भन्न नसकिने बाथरुममा पनि लानु पर्ने भएकोले सबै परिबार चिन्तित हुन थाल्यो । अब के गर्ने भनेर डाक्टरले पनि ठम्याउन सकेन ।

हरेक प्रयास गरेकै हो कुनै कुनै केस यस्तो पनि हुन्दो रहेछ भनेर भन्न थाल्यो। आखिर केहि लागेन समयको चक्रलाई रोक्न सकेन। अन्तमा ठुलीले संसार बाट बिदा लिईन। सधैको लागि ! सदाको निम्ती!  परिवारलाई ठूलो आघात पुर्‍यायो। झलझल्ती याद आउन थाल्यो सुरेस लाई ठुली संग बिताएका पलहरु तिनको मायाका बोलिहरु र सम्झनाका पलले अतितमा पुर्‍यायो। उस्ले केही गर्न सकेन संम्झनाले पछ्याउदा आँखा बाट आँसु तप्किरहन्छ नियतिको नियमलाई टाल्न नसकिने रहेछ।

जाने मान्छे त आनन्द संग गयो तर बाच्ने लाइ पर्ने चोट बाट अनभिग्न हुन सकेन। जीबन यस्तै रहेछ भाबिले लेखेको तार्न कस्लेपो सक्छ !प्रकृतीको बिडम्बना यस्तै छ जिन्दगी ।तर अहिले आएर अचानक कसै लाई बिर्सने रोग लाग्यो भने सम्बन्धित डाक्टरलाई समयमै जचाउन पाए केहि हद सम्म समयलाई लम्ब्याउन सकिन्छ भन्ने डाक्टरहरु भन्ने गर्नुहुन्छ , हामी यस्तै कुरामा बिश्वस्थ हुनमा संकल्पित र्छौ। धन्यबाद।

हाल: अमेरिका

प्रकाशित : २०७८ असोज ५ गते १६:०९
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI